FAQ
कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार सम्बन्धी गुनासो सुनुवाई समिति गठन
सूचना तथा समाचार
मिति २०७५।०९।०३ गते न्याय परिषद सचिवालयद्वारा जारी गरिएको विज्ञप्ती

       फाइल डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

विज्ञप्ती

आज मिति २०७५ साल पौष ३ गते न्याय परिषद र न्याय सेवा आयोगका सम्माननीय अध्यक्ष र माननीय सदस्यज्यूहरूसर्वोच्च अदालतउच्च अदालत तथा जिल्ला अदालतका माननीय न्यायाधीशज्यूहरू लगायतका विशिष्ट पदाधिकारीहरूको सहभागितामा २८ औं न्याय परिषद दिवश मनाइयो । उक्त अवसरमा उच्च अदालत र जिल्ला अदालतका उत्कृष्ट माननीय न्यायाधीशज्यूहरूलाई सम्माननीय प्रधान न्यायाधीश एवम् न्याय परिषद अध्यक्ष श्री ओमप्रकाश मिश्रज्यूले नगद र सम्मान-पत्रसहित दोसल्ला ओढाई सम्मान गर्नु भयो । पुरस्कृत हुनु हुने उत्कृष्ट न्यायाधीशहरूमा उच्च अदालततर्फ माननीय न्यायाधीशद्वय श्री द्वारिकामान जोशीज्यू, ( हालः विशेष अदालत) र श्री नारायणप्रसाद श्रेष्ठज्यू (उच्च अदालत जनकपुर राजविराज इजलास) तथा जिल्ला अदालत तर्फ माननीय न्यायाधीशद्वय श्री बज्रेश प्याकुरेलज्यू (महोत्तरी जिल्ला अदालत) र श्री चन्द्रमणि ज्ञवालीज्यू (डडेलधुरा जिल्ला अदालत) रहनु भएको छ । सोही कार्यक्रममा सम्माननीयज्यूले न्याय परिषदबाट प्रकाशित बुलेटिन (वर्ष १५ अङ्क १५) को सार्वजनिकिकरणसमेत गर्नु भयो ।