नेपालको संविधान, न्याय प्रशासन ऐन, २०७३, न्याय परिषद ऐन, २०७३ तथा न्याय परिषद नियमावली, २०७४ ले गरेको संवैधानिक तथा कानुनी व्यवस्था अनुसार न्याय परिषद्को काम, कर्तव्य र अधिकारहरू निम्नानुसार रहेको छ।
• देहायको विषयमा सिफारिस तथा परामर्श दिने
न्यायाधीशहरूको नियुक्ति
न्यायाधीशहरूको सरुवा
संवैधानिक इजलासमा न्यायाधीश तोक्न सिफारिस गर्ने
उच्च तथा जिल्ला अदालतका न्यायाधीशहरू उपर उजुरी सुन्ने र अनुशासन सम्वन्धी कारवाही गर्ने
न्यायाधीशको अस्वस्थताको कारण कार्य गर्न असमर्थ भएमा पदमुक्तको लागि सिफारिस गर्ने
न्याय प्रशासन सम्वन्धी अन्य विषयमा सिफारिस गर्ने वा परामर्श दिने
• विशेष अदालत, राजस्व न्यायाधिकरण, वैदेशिक रोजगार न्यायाधिकरण, सैनिक विशेष अदालत लगायतका न्यायिक निकायहरूमा काम गर्न तथा बिभिन्न न्यायिक अनुसन्धान एवं जाँचबुझको कार्यको लागि न्यायाधीश खटाउनका लागि सिफारिस तथा परामर्श दिने,
• संविधान तथा न्याय परिषद ऐन, २०७३ तथा न्याय परिषद नियमावली, २०७४ बमोजिम न्याय परिषदले सर्बोच्च अदालत, उच्च अदालत तथा जिल्ला अदालतहरूमा कार्यरत न्यायाधीशहरूको कार्यसम्पादन निरीक्षण प्रतिवेदन तथा वैयक्तिक विवरण अद्यावधिक गराई राख्ने,
• संविधान बमोजिम न्यायाधीशको पदमा नियुक्त हुन योग्यता पुगेका नेपाली नागरिकहरूको अभिलेख तयार गरी राख्ने,
• सर्बोच्च अदालतका न्यायाधीशको नियुक्तिको लागि सिफारिस भएका व्यक्तिलाई संसदीय सुनुवाईको लागि व्यवस्थापिका संसद सचिवालयमा लेखी पठाउने,
• न्यायाधीशको काम कारवाही तथा आचरणको नियमित अनुगमन तथा निगरानी गर्ने,
• उच्च अदालतको न्यायाधीशलाई एक उच्च अदालतबाट अर्को उच्च अदालतमा काजमा खटाउन सिफारिस गर्ने,
• कुनै न्यायाधीश उपर परेको उजुरीको सम्बन्धमा विस्तृत छानविन गर्नुपर्ने देखिएमा जाँचबुझ समिति गठन गर्ने,
• न्यायाधीशले भ्रष्ट्राचार गरी अख्तियारको दुरुपयोग गरेकोमा अनुसन्धान गरी कानुन बमोजिम मुद्दा चलाउने,
• न्याय परिषदका सदस्य तथा न्यायाधीशहरूले प्रत्येक वर्ष पेश गरेका सम्पत्ति विवरण अद्यावधिक गर्ने,
• उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको कार्यसम्पादन विवरण, कार्य फर्छ्योट तथा आचरण सम्बन्धी विषयको अभिलेख राख्ने,
• न्याय प्रशासन सम्बन्धी विषयमा अध्ययन तथा अनुसन्धान गर्ने, गराउने,
• न्यायाधीशको तालीम तथा प्रशिक्षणका सम्बन्धमा सम्बन्धित निकायलाई पाठ्यक्रम लगायतका विषयमा आवश्यक निर्देशन दिने,
• न्यायाधीशले पालन गर्नु पर्ने आचार संहिता बनाई लागू गर्ने।